Logo

सेगवेको नयाँ वर्ष विशेष अफर सार्वजनिक, २५ हजारसम्म नगद छुट

सेगवेको नयाँ वर्ष विशेष अफर सार्वजनिक, २५ हजारसम्म नगद छुट



काठमाडौं । सेगवे–नाइनबोटकोे नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले आउँदो नेपाली नयाँ वर्ष २०८१ को सु–अवसर पारि सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यु एयर न्यु अफर २०८१’ ल्याएको छ । ग्राहकहरुले यही १९ चैत्र, २०८० देखि १८ वैशाख, २०८१ सम्म रहने यस योजना अवधि भित्र खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा विशेष नगद छुटको मजा लिन सक्नेछन् ।

laxmi

साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने शानदार मौका पाउने छन् । इलेक्ट्रिक स्कुटरको नेपाली बजारमा सेगवेका इ–स्कुटरहरु लोकप्रिय हुनुका साथै उपभोक्ताहरूको रोजाइमा परिरहेका छन् । शहरी देखि साहसिक यात्राका लागि ग्राहकहरु सेगवे इ–स्कुटरहरुमा आकर्षित हुनुका साथै तिनका नवीन विशेषताहरूका कारण दैनिक जीवनको एक आवश्यक अंश बन्न सफल भएका छन् ।

नयाँ वर्षको विशेष अफरमा ग्राहकहरूले चयन गर्ने सेगवे इ–स्कुटरका मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्त गर्न सक्नेछन्, विशेष गरी, इ१२५ र इ११० एलमा.२५,००० रूपैयाँसम्म, इ१००मा.२०,००० रूपैयाँसम्म र एन१०० मा १५,००० रूपैयाँसम्म विशेष नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै थप, सेगवले ग्राहकहरूलाई प्रतिष्ठित क्लब हिमालय नगरकोटमा १–रात २–दिनको बसाइ र स्कूटरका एक्सेसरीजहरू जित्ने मौका प्रदान गर्दैछ । ग्राहकहरू उपत्यका भित्रका राइजिङ मल, दरबारमार्ग, झम्सीखेल, ललितपुर र सल्लाघारी–भक्तपुर लगायत उपत्यका बाहिरका पोखरा, बुटवल, चितवन, हेटौंडा, धनगढी, इटहरी र लहानमा शोरुममा गई यो योजनाको फाइदा लिन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL