Logo

गल्फ लुब्रिकेन्ट भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा सहभागी, ग्राहकलाई आकर्षक उपहार

गल्फ लुब्रिकेन्ट भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा सहभागी, ग्राहकलाई आकर्षक उपहार



काठमाडौ । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओइएम पार्टनरको रुपमा सहभागी भएको छ ।

laxmi

जाडो मौसमले दुई पाङ्ग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले, सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनिले जनाएको छ । पौष ५ देखि १४ गते सम्म संचालित सो क्याम्प काठमाडौँ उपत्यकाभरका ५ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेशनमा सम्पन्न भएको थियो ।

भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र गल्फ इन्जिन आयल चेन्ज प्रदान गरेको थियो।सो क्याम्पमा सहभागी २६०० भन्दा धेरै ग्राहक मध्ये ५ भाग्यमानी ग्राहकलाई लक्की ड्र मार्फत आकर्षक उपहार प्रदान गरिएको थियो । लक्की ड्र बाट रत्न केशरी रंजितकार (भक्तपुर), रन्जु नेपाल (बनेपा), नविना श्रीश (एकान्तकुना), रोमीका न्यौपाने (गहनापोखरी) र मोनिका श्रेष्ठ (झम्सिखेल) बिजेता भएकका थिए ।

क्याम्प नेपाल ल्युब आयल र भेस्पा÷अप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा. लि.को संयुक्त आयोजनामा भएको हो । फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३९ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL