Logo

एसएमएल इसुजुको कमर्शियल गाडीहरूको फ्री सर्भिस क्याम्प सुरु, चैत्र ४ गतेसम्म चल्ने

एसएमएल इसुजुको कमर्शियल गाडीहरूको फ्री सर्भिस क्याम्प सुरु, चैत्र ४ गतेसम्म चल्ने



काठमाडौँ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी कमर्सियल भेहिकल प्रालिले एसएमएल इसुजु गाडीको फ्री सर्भिस क्याम्प सुरु गरेको छ । कम्पनीले सोमबारदेखि फ्री सर्भिस क्याम्प सुरु गरेको हो । फागुन २९ गते देखि सुरु भएको फ्री सर्भिस क्याम्प आगामी चैत्र ४ गतेसम्म ६ दिन चल्ने कम्पनीले जनाएको छ । क्याम्पमा एसएमएल र इसुजुका कमर्सियल गाडीहरू विना शुल्क सर्भिसिङ्ग गर्न सकिन्छ ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्शियल भेहिकलस् प्रालिले नेपालमा एसएमएल इसुजुका कमर्सियल गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ । यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरू नेपालमा आयात गरी नेपालको बजारमा बिक्री वितरण गर्ने र उक्त गाडीहरूलाई बिक्री पछिको सेवा पनि दिँदै आएको छ ।

एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमतासम्मका स्कुल बसहरु, स्टाफ बसहरु तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरू देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरू उत्पादन गर्ने गर्दछ । मजबुत बनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरू नेपालमा ग्राहकहरुको रोजाइमा पर्न सफल भएका छन् ।

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरू, बिएमडब्लुका कारहरूको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरू र एसएमएल इसुजुका कमर्शियल गाडीहरूको आधिकारिक वितरक भई कार्य गरी आएको छ । कम्पनीले गुर्जु धारामा रहेको आफ्नो सर्भिस सेन्टर र नेपालका विभिन्न क्षेत्रमा रहेका आफ्ना वर्कसप तथा अथोराइज्ड वर्कसपहरू मार्फत बिक्री पछिको मर्मत सम्भार तथा स्पेयर पार्टसको सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL