Logo

एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नेपाल ल्यायो फोटोनको अमार्क : टेस्ट ड्राइभ, कस्टमर मीट, डिस्प्ले र रोड शो हुने

एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नेपाल ल्यायो फोटोनको अमार्क : टेस्ट ड्राइभ, कस्टमर मीट, डिस्प्ले र रोड शो हुने



काठमाडौं । नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले हालै काठमाडौंमा मिनीट्रक अमार्क ल्याएको छ । साथै कम्पनीले भेहिकलको पावर, पर्फोमेन्स र प्रदर्शन ट्रायल सुरु गरेको जनाएको छ ।

कम्पनीले बजारमा औपचारिक रुपमा गाडी बिक्री हुनु भन्दा अघि नेपालका विभिन्न स्थानहरूमा एकल र ब्याक–टु–ब्याक ट्रायल सहित टेस्ट ड्राइभ, कस्टमर मीट, डिस्प्ले र रोड शो, जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL