Logo

हिरो ‘ड्यास’ स्कुटर बजारमा, मूल्य १ लाख ६७ हजार र १ लाख ७१ हजार

हिरो ‘ड्यास’ स्कुटर बजारमा, मूल्य १ लाख ६७ हजार र १ लाख ७१ हजार


बिजखबर संवाददाता
27
Shares

हिरोको नयाँ स्कुटर हिरो ‘ड्यास’ नेपाली बजारमा सार्वजनिक गरिएको छ । हिरो मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता नेपाल जेनरल मोटर्सले सार्वजनिक गरेको हो ।

४–स्ट्रोक, फोस्र्ड एयरकुल्ड इन्जिन भएको सो स्कुटरमा इलेक्ट्रिक र किक स्र्टाट दुवै छ । नयाँ स्कुटर ११० सिसिको छ जसले ७ हजार ५सय आरपीएममा ६.३ केडब्लु शक्ति र ५७५० आरपीएममा ९.४ एनएम टर्क उत्सर्जन गर्छ ।

ट्यूबलेस टायर भएको यो स्कुटरको लम्बाइ १८५० मिमि, चौडाइ ८२२ मिमि र उचाइ १२७० मिमि छ । यसको कूल १सय १० किलोग्रामको ‘ड्यास’ को ग्राउण्ड क्लियरेन्स १ सय५५ मिमि छ । यसमा ६ लिटर पेट्रोल क्षमताको ट्यांकी छ ।

‘ड्यास’ स्कुटरले नेपालमा राम्रो बजार लिन सक्ने कम्पनीका अध्यक्ष अभिक ज्योतीले बताए। ‘ड्यास’ स्कुटर एलेक्स र भिएक्स दुई संस्करणमा उपलब्ध छ। जसमध्ये एलेक्सको मूल्य १ लाख ६७ हजार ५ सय रुपैयाँ र भिएक्सको मूल्य १ लाख ७१ हजार ५ सय रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ

प्रतिक्रिया दिनुहोस्
MBL