Logo

धितोपत्रका नवनियुक्त अध्यक्ष कार्कीले कार्यभार सम्हाले, वजारलाई प्रतिस्पर्धी वनाउनु चुनौती

धितोपत्रका नवनियुक्त अध्यक्ष कार्कीले कार्यभार सम्हाले, वजारलाई प्रतिस्पर्धी वनाउनु चुनौती


बिजखबर संवाददाता
0
Shares

नेपाल धितोपत्र वोर्डका नवनियुक्त अध्यक्ष डा.रेवतबहादुर कार्कीले आइतवारदेखि आफ्नो पदभार सम्हालेका छन् ।  पदभार सम्हालेको अवसरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा संस्थाको अध्यक्ष (कार्यकारी)को जिम्मेवारीलाई अवसरभन्दा पनि वढी चूनौतीको रुपमा लिएको  जानकारी दिए ।

कार्कीले पूँजीवजार विकास र दिगोपनको लागि आधारभूत तत्वहरु जस्तो देशको आर्थिक तथा कम्पनीहरुको वित्तीय स्थितिको सुधार, उदार अर्थनीति साथै राजनैतिक स्थिरता प्रमुख चुनाती  भएको बताए । ‘वजारलाई आधुनिक, स्वस्थ, पारदर्शी, भरपर्दो, प्रतिस्पर्धी, एव वजारमैत्री वनाउनु निकै चुनौतीपूर्ण कार्य छ’ उनले भने ‘जसको लागि संरचनात्मकसहित व्यापक सुधारको आवशयकता पर्छ ।’

सो अवसरमा अध्यक्ष डा कार्कीलले धितोपत्र सम्वन्धी कानूनी व्यवस्था अनुसार बोर्डको संगठनात्मक र संरचनात्मक सुधार गरी आधुनिक स्टक  एक्सचेन्ज हाक्न सक्ने नियमन र सुपरीवेक्षण क्षमता अभिवृद्धि  गर्ने योजना रहेको जानकारी दिए । त्यस्तै बजार तथा प्रविधिसम्बन्धी सुधार पनि आवश्यक रहेको उनले जानकारी दिए ।

सेयरवजारको आधुनिकीकरणका लागि अटोमेटिक राफसाफ र द्रूत–विद्युतीय शेयर नामसारीको काम पुरा गर्ने बताइएको छ । त्यस्तै नेप्सेको  ट्रेन्डिङ अटोमेशन सफ्टवेयर  पाँच वर्षमा प्रतिस्थापन गर्न  पर्नेमा सात वर्षसम्ममा पनि सो हुन नसकेकोले सो सिस्टक रिप्लेस गर्ने  योजना रहेको उनले जानकारी दिए । सुधारका लागि पूजीवजारको दोश्रो वजार व्यवस्थित गर्न नागरिक लगानी कोेषलाई वजारनिर्माता\संस्थागत लगानीकर्ताकोरुपमा विकास  गर्नुपर्ने उनले बताए ।

त्यस्तै .श्रीलंकन मोडेल प्रयोगगरी  गैरआवासीय नेपालीहरु (एनआरएन)लाई  दोश्रो वजारमा सहभागी गराउने  पनि काकर्बीले जानकारी दिए । त्यसैगरी नेप्से, सिडिएससी  तथा  अन्य संस्थाहरुको संरचनात्मक तथा संस्थागत सुधारमा जोड दिने बताइएको छ ।

जसअन्तर्गत सार्क क्षेत्रमा पूजीवजारलाई विकास गर्न  क्रसबोर्डर लिष्टिङ्ग र टेडिङ्गमा सहभागी गराउन नियमन निकायहरु, सूचिकृत कंपनीहरु, दलाल व्यवसायीसहित सवै सहभागीहरुको क्षमता अभिवृद्धि गर्ने बताइएको छ । त्यस्तै दलाल व्यवसायलाई अझ स्तरीय, व्यवसायिक र प्रतिस्पर्र्धी वनाउने पनि उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL