आजपनि बढ्यो सुनको मुल्य, प्रतितोला ५१ हजार ६ सयमा कारोवार


बिजखबर संवाददाता
15 October, 2015 1:07 pm

नेपाली बजारमा विहीबार पनि सुनको मुल्य बढेको छ । बुधबार एकैचोटी प्रतितोला ८ सय रुपैयाँले बढेको सुन विहीबार २ सय रुपैयाँले बढेको छ ।

FoneLoan-250x250
yamaha

विहीबार बजारमा सुन प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । लामो समयपछि बुधबार प्रतितोला १० रुपैयाँले बढेको सुन विहीबार स्थिर रहेर ७ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्