Logo

लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात व्यवसायीले अनलाईन टिकट बुकिङको व्यवस्था गर्नुपर्ने, निर्देशिका जारी

लामो तथा मध्यम दुरीका सार्वजनिक यातायात व्यवसायीले अनलाईन टिकट बुकिङको व्यवस्था गर्नुपर्ने, निर्देशिका जारी



काठमाडौं । अबदेखि लामो तथा मध्यम दुरीका यात्रुबाहक सार्वजनिक यातायात व्यवसायीहरुले अनलाईन टिकट बुकिङको व्यवस्था गर्नुपर्ने भएको छ । टिकट बुकिङ व्यवस्थापनलाई सहजीकरण गर्नेगरी विभागले मध्यम तथा लामो दुरीमा संचालित यात्रिबाहक सार्वजनिक यातायात सेवाको अनलाईन खरिदविक्रीसम्बन्धी निर्देशिका २०७७ जारी गरेको हो ।

विभागले उक्त निर्देशिकामार्फत अब सार्वजनिक यातायात व्यवसायीले आफ्ना ग्राहकहरुका लागि अनलाईनमार्फत टिकट बुकिङका लागि सम्पुर्ण व्यवस्था गर्नुपर्ने भएको हो । जसमार्फत व्यवसायीले आफ्ना यात्रुहरुका लागि पुर्ण सुरक्षीत तवरले गन्तव्यसम्म पुर्याउनका लागि सम्पुर्ण व्यवस्था गर्नुपर्नेसमेत निर्देशिकामा उल्लेख छ ।

यस्तै निर्देशिकामा विभिन्न अनलाईन भुक्तानी माध्यमबाटै टिकटको खरिद गर्न सकिने, गन्तव्यसम्म पुर्याउन व्यवस्था मिलाउने, आवश्यक सफ्टवेयरको निर्माण गर्ने लगायतका मापदण्डहरु तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL