Logo

बजाजको चाडपर्व लक्षित ‘रोजेरै खुसी’ योजना सार्वजनिक, २० प्रतिशत डाउनपेमेन्टमा फाईनान्सिङको सुविधा

बजाजको चाडपर्व लक्षित ‘रोजेरै खुसी’ योजना सार्वजनिक, २० प्रतिशत डाउनपेमेन्टमा फाईनान्सिङको सुविधा



काठमाडौं । बजाज ब्राण्डको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले रोजेरै खुसी योजना सार्वजनिक गरेको छ । कम्पनीले दशैं र तिहार चाडपर्वको विशेष उपलक्ष्यमा खुसी खोज्ने होइन रोज्ने भन्ने नारा सहित “रोजेरै खुसी” योजना सार्वजनिक गरेको हो ।
बजाजले सँधै ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउदै आइरहेको छ । र, कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरुमाँझ खुसी बाड्न उनीहरुको आवश्यकता अनुरुपका योजनाहरु ल्याएको छ ।

laxmi

दशैं र तिहार चाडपर्वको शुभ अवसरमा बजाजले ग्राहकहरुलाई विभिन्न तीनवटा योजनाको लाभ लिन र सुरक्षा सुनिश्चित गर्दै खुशीका साथ उत्सवहरु मनाउने अवसर प्रदान गरेको छ । रोजेरै खुसी योजना अन्तर्गत ग्राहकहरुले बजाजको कुनै पनि नयाँ मोटरसाइकलको खरिदमा तीनवटा अफर १० हजारको नगद छुट, अथवा ५० प्रतिशत डाउन पेमेन्टमा शुन्य प्रतिशत ब्याज वा २० प्रतिशत डाउन पेमेन्टमा फाइनान्सिंगको सुविधा मध्य कुनै एक अफर छनौट गरी लाभ लिन सक्नेछन् । यो योजना देशभरका सबै बजाज शोरुमहरुमा उपलब्ध छ ।

यस योजनाको सार्वजनिक गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ ।

हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि रोजेरै खुशी उत्तम रहेको छ । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन् ।”

प्रतिक्रिया दिनुहोस्
MBL