Logo

विनोद चौधरीलाई विद्यावारिधि उपाधि,समाजसेवामा पुर्याएको योगदानको कदर

विनोद चौधरीलाई विद्यावारिधि उपाधि,समाजसेवामा पुर्याएको योगदानको कदर


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

१६ भदौ,काठमाडौं । भारतको श्री श्री विश्वविद्यालयले चौधरी समूहका अध्यक्ष विनोद चौधरीलाई  विद्यावारिधि उपाधि प्रदान गरेको छ । अध्यक्ष चौधरीले समाजसेवामा पुर्याएको योगदानको कदर स्वरुप उक्त उपाधि प्रदान गरिएको हो ।

भारतको ओडिसामा मंगलबार आयोजित विश्वविद्यालयको दोश्रो दीक्षान्त समारोहमा अध्यक्ष चौधरीलाई उक्त उपाधि प्रदान गरिएको हो ।

विश्वविद्यालयले शिक्षा, स्वास्थ्य,खेलकुद, युवा विकास लगायतपरोपकारी काममा चौधरीको योगदानउच्च रहेको भन्दै उपाधि दिएको चौधरीलाई प्रदान गरिएको उपाधि प्रमाणपत्रमा उल्लेख छ । सो अवसरमा आर्टअफलिभिङ इन्टरनेशनलका ंस्थापक तथा विश्वविख्यात आध्यात्मिक गुरु श्री श्री रविशंकर, ओडिसाका मुख्यमन्त्री नवीन पटनायक,विश्वविद्यालयकाउपकूलपति डा. नन्दलाल, भारतका प्रतिष्ठित बौद्धिकवर्ग, प्राध्यापक, अभिभावकतथाविद्यार्थीहरुको उपस्थिति थियो ।

अध्यक्ष चौधरीले नेपालमा गत वैशाख १२ गतेको भूकम्पपछि घरविहिन बनेका १० हजार भूकम्प पीडितहरुका लागि ‘सिजीआश्रय’ र भूकम्पबाट भत्किएका एक सय विद्यालयपुनर्निमाणका लागि ‘सिजीशिक्षालय’ जस्ता महत्वपूर्ण कल्याणकारी परियोजना कार्यान्वयन छ ।

Binod Chaudhary receiving honorary PhD
समाज सेवामा उनको यस योगदानलाई उच्च महत्व दि“दै फोब्र्सले हालै मात्रउहा“को बारेमा कभर स्टोरी छापेको थियो ।

उपाधि ग्रहणका क्रममा अध्यक्ष चौधरीले ज्ञान लिएर मात्र शिक्षा आर्जनको कार्य पूर्ण नहुने र आपूmले पाएको ज्ञानलाई व्यवहारमा उतार्न सके मात्र शिक्षाले पूर्णता पाउने बताए ।
साथै आप्mना वरपरका मानिसको खुसीका लागि सेवा गरे मात्र मानिस खुशी हुनसक्ने बताए ।

शिक्षा आर्जनमा जिज्ञासाको भूमिका महत्वपूर्ण हुने तर सेवा कार्यमा उत्साहको भूमिका अहम् रहने अध्यक्ष चौधरीले बताए । “जिज्ञासाले प्रश्न उब्जाउ“छ । तर उत्साहले त्यस्तो बाटो देखाउ“छ जसबाट अरुको खुसीकालागि परिवर्तनकारी भूमिका खेल्न सक्नुहुन्छ उनले भने यसले जीवनलाई नै समाजसेवाको पूण्यतामा रुपान्तरित गरिदिन्छ ।”

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL