Logo

प्रतितोला २ सयले बढ्यो सुन, चाँदी यथावत

प्रतितोला २ सयले बढ्यो सुन, चाँदी यथावत


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१५ भदौं, काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला २ सय ५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ५० हजार ८ सय ५० रुपैयाँमा कारोवार भएको सुन मंगलबार बढेर ५१ हजार ५५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार पछिल्लो केही दिनयता सुनको मुल्य लगातार बढिरहेको छ ।

मंगलबार बजारमा चाँदीको मुल्य भने यथावत रहेको छ । बजारमा चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL