Logo

जापानबाट इसेवा मनिट्रान्सफरको सेवा सुरु, अन्य देशमासमेत सेवा विस्तार गर्ने कम्पनीको तयारी

जापानबाट इसेवा मनिट्रान्सफरको सेवा सुरु, अन्य देशमासमेत सेवा विस्तार गर्ने कम्पनीको तयारी



काठमाडौं । इसेवा मनि ट्रान्सफरले आफ्नो सेवा जापानबाट सुरु गरेको छ । जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल रेमिटान्स सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिएका छन ।

laxmi

उक्त सेवासँगै जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमार्फत सहज र सुरक्षित रुपमा नेपालमा रकम पठाउन सक्नेछन् । साथै कम्पनीले आगामी दिनमा विश्वका अन्य मुलुकबाटसमेत रेमिटान्स् सेवा सुरु गर्ने बताएको छ ।

जापानबाट कारोबार सुरु भएसँगै प्रबन्ध निर्देशक कोइरालाले भने, ‘हामी जापान बाहेक अन्य मुलुकमासमेत छिट्टै सेवा विस्तार गर्दै छौँ, अबदेखि कुनै पनि ठाँउमा रहेका नेपालीहरुले छिटो, छरितो र सुलभ माध्यबाट नेपालमा पैसा पठाउन सक्नेछन ।’ इसेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट्रबैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL