Logo

गुराँस लाईफका सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर, बीमा समितिबाट पारित भएपश्चात वितरण

गुराँस लाईफका सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर, बीमा समितिबाट पारित भएपश्चात वितरण



काठमाडौं । गुराँस लाईफ ईन्स्योरेन्सका सेयरधनीले १३ प्रतिशत बोनस सेयर पाउने भएका छन । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर दिने घोषणा गरेको हो ।

कम्पनीको हाल चुक्ता पूँजी ९३ करोड ८५ लाख २० हजार रहेको छ । जसको १३ प्रतिशत अर्थात १२ करोड २९ लाख ६० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न लागेको हो । उक्त बोनस सेयरको प्रस्ताव बीमा समितिबाट पारित भएपश्चात सेयरधनीलाई वितरण् गरिने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL