Logo

अमेरिका चीन व्यापारयुद्धः चीनमा एप्पल प्रतिवन्ध हुँदा नाफामा ३० प्रतिशत गिरावट

अमेरिका चीन व्यापारयुद्धः चीनमा एप्पल प्रतिवन्ध हुँदा नाफामा ३० प्रतिशत गिरावट



काठमाडौं । अमेरिका चीन व्यापार युद्ध चर्किदै गर्दा अमेरिकाले गरेजस्तै विभिन्न वस्तुमा चीनले पनि प्रतिवन्ध लगायो भने के असर पर्ला भन्ने चर्चा समेत चुलिन थालेको छ ।

अमेरिकाले पछिल्लो हप्तामात्रै चिनियाँ दूरसंचार कम्पनी हुवावेका विभिन्न उत्पादन बन्द गरेसँगै हुवावेलाई गुगलको पहँुचमा समेत रोक लगाइएको छ । उसो त अमेरिकी उत्पादन पनि चीनमा खपत हुँदैनन भन्ने होईन । कतिपय अमेरिकी वस्तुहरुको खपत प्रायःजसो चीनमै हुने गरेको देखिएको छ ।

अमेरिकाले प्रतिवन्ध लगाएजस्तै चीनले पनि एप्पलका उत्पादनहरुमा प्रतिवन्ध गर्याे भने एप्पलको नाफामा ३० प्रतिशतले गिरावट आउने एक अध्ययनले देखाएको छ । यदि चीनले एप्पललाई प्रतिवन्ध लगाएन भनेपनि जनताको राष्ट्रवादी धारणाले नै एप्पलले आफ्नोे नाफामा ३ देखि ५ प्रतिशतसम्मको नोक्सान १२ महिनामा बेहोर्नुपर्नेछ । यसपछि एप्पलको मार्केट प्राईस पनि ६ प्रतिशतसम्मले गिरावट आउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL