Logo

कावेलीको हकप्रद आजबाट, २ बरावर १ कित्ता सेयर

कावेलीको हकप्रद आजबाट, २ बरावर १ कित्ता सेयर


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१०, वैशाख । कावेली विकास बैंकले २ बराबर १ कित्ता (२ः१) अनुपातमा जारी गर्न लागेको हकप्रद सेयरको निष्काशन आजबाट खुला हुँदै छ । बैंकले १ सय रुपैयाँ अंकित दरका १ लाख ७२ हजार कित्ता हकप्रद निष्काशन गरेको हो ।

उक्त हकप्रद सेयरमा गत चैत २४ गतेसम्म कायम रहेका बैंकका सेयर धनिले आवेदन दिन सक्ने छन् ।

बैंकले उक्त हकप्रद निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटललाई नितोपत्र निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको सेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय र काबेली बैंकका सबै शाखाहरुबाट आवेदन दिन सकिन्छ ।

kabile

प्रतिक्रिया दिनुहोस्
MBL