Logo

बैंशाख ४ गतेदेखि अर्घाखाँची सिमेण्ट घरजग्गा मेला, थ्री पीलाई प्राथमिकता

बैंशाख ४ गतेदेखि अर्घाखाँची सिमेण्ट घरजग्गा मेला, थ्री पीलाई प्राथमिकता


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

काठमाडौंमो भृकुटी मण्डपमा घरजग्गा मेला हुने भएको छ । वैशाख ४ गतेदेखि ७ गतेसम्म हुने पाँचौँ ‘अर्घाखाँची सिमेन्ट घर जग्गा मेला २०७२’ आयोजना हुन लागेको हो । नेपाल घरजग्गा तथा आवसा विकास संघले पाँचौं संस्करणको घरजग्गा मेला गर्ने भएको हो ।

सो मेला ४ दिनसम्म सञ्चालन हुने छ । काठमाडौंमा सोमवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष इच्छाराज तामाङले मेलाको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । साथै, यसवर्षको मेला अघिल्ला संस्करणको भन्दा पृथक तथा अत्याधुनिक समेत हुने बताए । ‘यस पटकको मेलामा हामीले ‘थ्री पी’ अर्थात प्रमोशन, प्राइसिङ र प्रोडक्टलाई उच्च प्राथमिकता दिएका छौं,’ उनले भने । जसले गर्दा यसपटको मेला घरघडेरी तथा संयुक्त आवास योजनामा संलग्न व्यवसायी, लगानीकर्ता, उपभोक्ता वर्ग, सेवाग्राही तथा सेवा प्रदायक संस्थाहरुका लागि यो मेला एउटा मञ्च बन्ने उनको दावी थिथो ।

मेलामा घरजग्गा, फर्निचर तथा फिर्निसिङ, प्लम्बिङ तथा सेनिटरी, निर्माण सामग्री, इन्टेरियर डिजाईन, वास्तु, बैंक तथा बीमा, इलेक्ट्रोनिक्सलगायत विभिन्न वस्तु तथा सेवाको विक्री तथा प्रदर्शनी गरिने छ । मेलामा कुल १ सय ५० भन्दा बढी स्टल रहने छ । मेलाअवधिभर साढे १ लाख भन्दा बढी अवलोकनकर्ताको सहभागीता रहने अनुमान गरिएको संघका महासचिव मिनमान श्रेष्ठले बताए । उनले मेलाअवधिभर करीब २ अर्ब रुपैयाँ भन्दा बढी मूल्य बराबरको कारोबार समेत हुने अनुमान गरिएको छ ।

मेलाका अवलोकनकर्तालाई उनीहरुको इच्छाअनुसार घरजग्गा भ्रमणमा समेत लगिने महासचिव मिनमान श्रेष्ठले बताए । मेलाको मुख्य प्रायोजक अर्घाखाची सिमेन्ट रहेको छ । हाउस अफ राज कर्णिकारले व्यवस्थापन गरेको मेलाका साझेदारमा ग्रिनहिल सिटि, बर्जर पेन्ट्स, इन्डेक्स फर्निचर, स्ट्याण्डर्ड चाटर्ड बैंक, शेरा कन्स्ट्रक्सन र किचेन कन्सेप्ट्स् प्रालि रहेका छन् । संयुक्त राष्ट्र संघको आवास कार्यक्रमले मेललाई प्राविधिक सहयोग गरेको जनाइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL