Logo

सिटिसीमा जारी मोबाइल एक्स्पोको ६० हजारले अवलोकन गरे , १ करोडको कारोबार

सिटिसीमा जारी मोबाइल एक्स्पोको ६० हजारले अवलोकन गरे , १ करोडको कारोबार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

laxmi

२८ चैत, काठमाडौं । काठमाडौंको सुन्धारास्थित सिटिसी मलमा जारी ‘सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पो’ मा अवलोककर्ताको सहभागिता उत्साहजनक रहेको छ । शुक्रवारदेखि सुरु भएको एक्स्पोको हालसम्म ६० हजार भन्दा बढि अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले बताएको छ । मेलामा १ करोड बढीको कारोबार भएको सिटिसी मोबाइल बजार प्रालिका कोषाध्यक्ष मनोज मानन्धरले जानकारी दिए ।

मोबाइल एक्स्पोमा सबैभन्दा बढी सामसुङ ग्यालेक्सी जे १ मोबाइलको कारोबार भएको छ । सो मोवाइल खरिद गर्न आउने ग्राहकको माग धान्न गाह्रो परेको े बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए । यसका साथै मध्यम स्तरका स्मार्टफोनको कारोबार बढी भएको बताइएको छ ।
एक्स्पोमा मोवाइल खरीदमा विभिन्न छुट समेत उपलब्ध गराइएको छ । आगामी बैशाख ५ गतेसम्म सञ्चालन हुने मेलामा १४ वटा मोबाइल कम्पनीका सर्भिस सेन्टर, एक सय वटा मोबाइल पसल, फुडकोर्ट लगायतको सहभागीता रहेको छ । सिटिसी मलको भुईतल्लामा बिभिन्न मोबाइल कम्पनीहरुले फुटसल, क्रिकेट लगायतका प्रतिश्पर्धा गराई आकर्षक पुरस्कार प्रदान गरिरहेका छन् ।

 छुटैछुटको बहार

एक्स्पोमा पक्का पर्ने उपहार स्किमसहित ८ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था सहित बजारले हरेक घण्टा क्यासब्याक अफर र लक्की ड्र गर्दै आएको छ । बजार शुभारम्भको दिन क्यास ब्याक अफर मार्फत छुट पाउने मोबाइल खरिकर्तालाई लक्की ड्र सँगै खबर गरि प्रत्यक्ष जानकारी दिइएको थियो ।

मेलामा भिडियोकोन मोबाइलले प्रत्येक स्मार्टफोनको खरिदमा एउटा आकर्षक भिडियोकोन कम्पनीकै हाते घडी निशुल्क उपलब्ध गराएको छ । प्रत्येक सिडिएमए मोबाइल सेटको खरिदमा सिडिएमए सीमकार्ड उपलब्ध गराउँदै आएको छ । साथै कम्पनीले प्रदान गरेको सीममा रु २ सय बराबरको टकटाइम मासिकरुपमा १ बर्ष सम्म बोनस स्वरुप आउने कम्पनीका मेनेजर प्रमेश घिमिरेले जानकारी दिएका छन् ।

रेज मोबाइलले आफ्ना २२ वटा मोडलको कारोबार गर्दै प्रत्येक रेज मोबाइलको खरिदमा एक वटा ल्यापटप ब्याग, फोनको मोडल हेरि ४, ८ र १६ जिबीको मेमोरी कार्ड बितरण गर्दै आएको छ । मोबाइल एक्स्पोभरी रेज मोबाइलले ८ देखि ४० प्रतिशत सम्म छुट दिएको छ ।

यसैगरि माइक्रोम्याक्स मोबाइलले एक्स्पोमा क्रिकेट प्रतिश्पर्धा गराउँदै बिभिन्न गिफ्ट, लक्की ड्र, क्रिकेट बल, ब्याग, फ्रि मेकअप सहित ४ वटा नयाँ मोडल गरेको छ ।
यसैगरि सेल्कन, बर्ड कलर्सलगायतले पनि विभिन्न छुट योजना सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL