Logo

मोवाइल कार्निभलमा १ करोडको छुटको घोषणा, ग्राहकलाई ५० ओटा स्मार्टफोन

मोवाइल कार्निभलमा १ करोडको छुटको घोषणा, ग्राहकलाई ५० ओटा स्मार्टफोन


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२२ चैत,काठमाडौं । नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको मोवाइल कार्निभल तथा महोत्सवमा १ करोडको डिस्काउन्ट घोषणा गरिएको छ ।

यही चैत २८ गतेदेखि १ गतेसम्म आयोजना हुने सो कार्निभल नेपालको सबैभन्दा ठूलो महोत्सवको रहेको आयोजकले जानकारी दिएको छ । न्यूरोडको पाकोमा आयोजना हुन लागेको मोबाइल कानिर्भल अवधिभर उपभोक्ताले विभिन्न स्किममार्फत कुल १ करोड रुपैंयासम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

हरेक ग्राहकहरुलाई मोबाइल खरिदमा आकर्षक छुट दिइने आयोजक पाको युथ क्लबका अध्यक्ष अमृत मानन्धरले बताए । महोत्सव अवधिभर हरेक ग्राहकहरुले छुट प्राप्त गर्नेगरी कुल १ करोड रुपैयाँसम्मको छुट रहेको उनले जानकारी दिए ।

महोत्सवमा न्यूरोड क्षेत्रमा मोबाइल खरिद गर्ने एसएलसी दिएका विद्यार्थीहरुमध्ये १ जनालाई ५० हजार रुपैंयासम्मको छात्रवृत्ति दिइनेछ । एसएलसी दिएर बसेका विद्यार्थीहरुलाई लक्की ड्रमार्फत मोबाइल खरिदमा विशेष उपहारसहित छुट पनि दिइने सामसङ मोबाइल एण्ड इलेक्ट्रोनिक्स प्रालिका अध्यक्ष गुरुदत्त शर्माले जानकारी दिए ।

महोत्सव अवधिभर ५० वटा स्मार्टफोनहरु ग्राहकहरुलाई उपहारमा दिन लागिएको बताइएको छ । मोबाइल कानिर्भल तथा महोत्सव अवधिभर १० लाख उपभोक्ताहरुको सहभागिता हुने अपेक्षा आयोजकको छ ।

महोत्सवमा मोबाइल म्युजिकल कन्सर्ट, मोबाइल फुड फेस्टा, हेल्थ क्याम्प, बालबालिकाको गेमिंग जोन, गणेश पुजा तथा मोबाइल एक्सपो समाबेश गरिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL