Logo

पुष्पमेला सम्पन्न, १५ लाखभन्दा बढीको कारोबार

पुष्पमेला सम्पन्न, १५ लाखभन्दा बढीको कारोबार


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ फागुन, काठमाडौं । पाचौं पश्चिमाञ्चल क्षेत्रीय पुष्प प्रदर्शनी एबं पुष्प ब्यापार मेला सम्पन्न भएको छ । ‘पोखराको प्रकृति र सुन्दरतामा शान, पुष्प व्यवसाय प्रबद्र्धनमा बाताबरणीय पहिचान’ भन्ने मुख्य नाराका साथ फागुन २२ गतेबाट सुरु भएको मेला २६ गते समापन भएको हो । मेलामा १५ लाख रुपैयाँभन्दा बढिको कारोबार भएको आयोजकले बताएको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाको आयोजनामा सम्पन्न उक्त मेलामा २ वटा जानकारीमुलक स्टल सहित २८ वटा स्टल रहेका थिए । सभागृह हल पोखरामा सम्पन्न सो मेलालाई नेपाल सरकार कृषि बिकास मन्त्रालय प्रायोजन गरेको थियो ।

मेलामा अर्नमेन्टल प्लान्ट, कार्डिनल, सिजनल लगायतका बिभिन्न फूलहरु राखिएको थियो । भाग लिएका नर्सरीहरु मध्ये उत्कृष्ट मौसमी फूल तर्फ पुष्पाञ्जली नर्सरी, उत्कृष्ट आलंकारिक बिरुवा तर्फ गोर्खा तमु नर्सरी, उत्कृष्ट फुल्ने बिरुवा तर्फ श्रीराम नर्सरी, उत्कृष्ट ल्याण्डस्केपमा गार्डेन नर्सरी र उत्कृष्ट स्टलमा पुष्पाञ्जली नर्सरीले पुरस्कार हात पारेका थिए । उत्कृष्ट बनेका नर्सरीहरुलाई कास्कीका सभासद तथा व्यवस्थापिका संसद विकास समितिका सभापति रबिन्द्र अधिकारीले नगद, शील्ड तथा प्रमाणपत्र बितरण गरेका गिए ।

पोखरा पुष्प व्यवशायको उत्पादन तथा बिक्री बितरणका लागि नेपालको दोस्रो ठूलो बजार भएको बताउँदै फ्यान कास्कीका अध्यक्ष दया द्धाले कृषि बिकास मन्त्रालय तथा फ्यान केन्द्रले अझ ठूला ठूला योजना कास्कीमा ल्याउनुपर्ने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL