Logo

नयाँ बिशेषताका साथ ओमेगा ८ बजारमा, मूल्य १३ हजार

नयाँ बिशेषताका साथ ओमेगा ८ बजारमा, मूल्य १३ हजार



काठमाडौं । सिजी मोबाइल्सले ओमेगा सिरिजको नयाँ फोन बजारमा ल्याएको छ । कम्पनीले ओमेगा सिरिजमा नयाँ आकर्षणका साथ ओमेगा ८ नेपाली बजारमा ल्याएको हो ।

फोटोग्राफीका लागि १३ मेगापिक्सेलको रियर क्यामरा सहित सेल्फी खिच्नका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको उक्त फोनमा २ जीबी र्याम रहेको छ । जसले फोनमा गेम खेल्न तथा विभिन्न एप्स चलाउन सहज बनाउँदछ ।

फोनमा १६ जीबी रोमका साथै ३ हजार एमएएच क्षमताको व्याट्रि रहेको कम्पनीले जानकारी दिएको छ ।

यसका साथै फोनमा फोरजी नेटवर्क कम्प्याटिबल, गूगल प्रमाणित सफ्टवेयर र फिंगरप्रिन्ट स्मार्ट लक लगायतका विशेषताहरु छन् ।

सो फोनको नेपाली बजारमूल्य १२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL