Logo

मन्त्रिपरिषद् विस्तारको तयारीसँगै किन झस्कियो बजार ?

मन्त्रिपरिषद् विस्तारको तयारीसँगै किन झस्कियो बजार ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजार खुलेको केही समय हरियाली छाएको नेप्से परिसुचकमा बन्द हुँदा दोहोरो अंकको गिरावट आएको छ ।

केही समय यता अर्थमन्त्रीमा डा. युवराज खतिवडा नियुक्त हुने हल्लासँगै ओरालो लागेको बजारमा आज बिहान खुल्दा सामान्य उकालो लागेको थियो । बजार खुल्दा अर्थमन्त्रीमा डा. खतिवडा बाहेक अन्य व्यक्तिको सम्भावना बलियो देखिएकाले लगानीकर्ताहरु हौसिएको सम्बद्ध स्रोतको भनाइ छ ।

अन्तिम सामान्य आएर भावी अर्थमन्त्रीको रुपमा डा. खतिववडाको नाम चर्चामा आएसँगै बजारले पुनः ओरालो लागेको छ । तर, अहिलेसम्म सरकारको अर्थमन्त्री को बन्ने भन्ने निश्चित नभइसकेको अवस्थामा हल्लाकै भरमा पनि सेयर बजारमा उतारचढाव आएको छ ।

अर्थविद तथा एक तहका उद्योगी व्यवसायीले अब बन्ने सरकारमा अर्थमन्त्रीको रुपमा डा. खतिवडा आएमा देशको अर्थतन्त्र मजबुद हुने बताइरहँदा सेयर बजारका लगानीकर्ता भने ठिक त्यसको विपरित हिडिरहेका छन् । तर, केही लगानीकर्ताले भने डा. खतिवडा अर्थमन्त्री हुँदा तत्कालका लागि बजार घटेपनि भविश्यकमा भने राम्रो हुने धारणा व्यक्त गर्न थालेका छन् ।

सेयर बजारका लगानीकर्ता भने अर्थमन्त्रीको रुपमा डा. खतिवडा अएमा बजार अझै तल झर्ने भन्दै त्रसित देखिएका छन् । यस अघिको घटना हेर्ने हो भने पनि खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा पनि सेयर बजारमा एकदमै न्युन विन्दुमा झरेको थियो । उनी अर्थमन्त्री भएमा सुधारका कार्यक्रम ल्याउने र जसले गर्दा बजारमा चलखेल गर्ने लगानीकर्तालाई समस्या पर्ने कारणले गर्दा पनि बजारले ओरालो गति लिएको एक थरी लगानीकर्ताहरु बताउँछन् ।

केही समय यता धितोपत्र बोर्डले पनि सेयर बजारमा इनसाइडर ट्रेडिङ, स्रोत नखुलेको पैसा भित्रिएको, सिमित व्यक्तिको माग चलखेल बढेको भन्दै अनुसन्धानको दायरामा ल्याउन थालेको छ । तर, खतिवडा अर्थमन्त्री भएर आएमा यी विषयमा अझै सुक्ष्म रुपमा अध्ययन तथा कडाई गर्ने भएकाले पनि लगानीकर्ताहरु त्रसित भएर सस्तो मूल्यमै सेयर बिक्री गर्न थालेको सम्बद्ध स्रोतको भनाइ छ ।

सोमबार बजार खुल्दा सामान्य उकालो लागेको बजार अन्तमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक १५ दशमलव ७८ अंकले घट्दै १ हजार ३ सय ५९ अंकमा झरेर अडिएको छ ।

बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचक १ सय २२ अंकले घटेको छ भने बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि करिब १० अंकले घटेको छ ।

यसैगरी विकास बैंक समुहको परिसुचक ११ अंकले घट्दा माइक्रोफाइनान्स समुहको परिसुचकमा ३० अंकको गिरावट आएको छ ।

नेपाल लाईफ इन्स्योरेन्सको बोनसले गर्दा बजारमा कारोबार रकम भने बढेको छ । सेयर र नगद लाभंस गरी ७० प्रतिशत बोनस घोषणा गरेको नेपाल लाईफको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँले बढ्दै १० करोड ५६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

बजारमा दिनभर कुल १ सय ५१ कम्पनीको १४ लाख ३८ हजार कित्ता सेयर कारोबार भएको छ । जसमा दिनभर कुल ५५ करोड २२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL