Logo

जुत्ता चप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी शुरु, प्रमुख आकर्षणमा अपांगमैत्री जुत्ता

जुत्ता चप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी शुरु, प्रमुख आकर्षणमा अपांगमैत्री जुत्ता


बिजखबर संवाददाता
27
Shares

काठमाडौं ।जुत्ता चप्पल तथा छालाजन्य वस्तुको १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी बिहीबारदेखि शुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको प्रदर्शनीको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्दघाटन गरे । सो अवससरमा अर्थमन्त्री कार्कीले देशको तिव्र बिकाशका लागि नेपाली औद्योगिक क्षेत्र आत्मनिर्भर हुनुपर्ने बताए । साथै यस्ता उद्योगमा सरकारको पूर्ण साथ र सहयोग रहने जानकारी दिए ।

कार्यक्रममा आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रविनकुमार श्रेष्ठले स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्न विभिन्न किसिमका ट्रेनिङ इयिन्स्टच्युट सञ्चालन गर्नुपर्ने बताए ।

साथै सो अवसरमा उनले फुटवेयर जोन स्थापना गर्न लागेको र त्यसका सरकारले स्थापना गर्न लागेको र त्यसका सरकारको सहयोग रहनेबारे जानकारी दिए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष, शेखर गोल्छा, हस्तकला महासंघका अध्यक्ष धमरत्न शाक्य एवंम फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनका पदाधिकारिहरुलगायतको उपस्थिती थियो ।

एक्स्पो ६ दिनसम्म चल्ने छ । एक्स्पोमा १३५ ओटा जुत्ता चप्पल तथा छालाजन्य उत्पादनका स्टल रहेका छन् । प्रदर्शनीमा १५ प्रतिशतसम्मको छुटमा जुत्ता चप्पल उपलब्ध गराइएको छ । मेलाको प्रमुख आकर्षणमा अपांगमैत्री जुत्ताहरु रहने आयोजकले जानकारी दिएको छ ।

यसपटक प्रदर्शनीलाई विक्रीमा लागि भन्दा पनि नयाँ डिजाइन सार्वजनिक गर्न लक्षित गरिएको छ ।

मेलाको १ लाख भन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । मेलामा उत्कृष्ट पेभिलियज सजावट गर्ने प्रायोजकहरुमध्य एक छानिने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL