Logo

शिखर इन्स्योरेन्सले खारेज गर्यो एफपीओ जारी गर्ने प्रस्ताव

शिखर इन्स्योरेन्सले खारेज गर्यो एफपीओ जारी गर्ने प्रस्ताव


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको एफपिओ निष्कासनको प्रस्ताब खारेज गरेको छ । कम्पनीले आफ्नो १२ औं सााधारणसभाबाट एफपीओ निष्काशन गर्ने निर्णय गरेकोमा खारेज गर्ने निर्णय गरेको हो ।

यस अघि कम्पनी संचालक समितिले एफपीओ जारी गर्दै साधारण सेयरको हिस्सा ४० प्रतिशत पुर्याउने निर्णय गरेको थियो । तर, धितोपत्र बोर्डको अड्चनका सो निर्णय खारेज गरेको हो ।

कम्पनीले सो प्रस्ताव आगामी दिनमा बस्ने साधारणसभामा पेश गर्ने भएको छ । कम्पनीले साधारणसभाबाट संस्थापक सेयरलाई सर्बसाधारणमा परिबर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको सर्बसाधारण ३० प्रतिशत शेयरलाइ ४४ प्रतिशत कायम गर्न प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।

यसैगरी कम्पनीले संचालक समितिबाट प्रस्ताव गरेको २९ प्रतिशत बोनस सेयर पारितको लागि लैजाने भएको छ । कम्पनीले सोका लागि पुस ७ गते साधारणसभा बोलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL