Logo

मुक्तिनाथको शाखा चितवनको पर्सामा, कृषि र पर्यटन प्राथमिकतामा

मुक्तिनाथको शाखा चितवनको पर्सामा, कृषि र पर्यटन प्राथमिकतामा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चितवनको पर्सामा नयाँ शाखा संचालनमा ल्याएको छ । खैरहनि नगरपालीका नगर प्रमुख लालमणी चौधरीले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

स्थानीय तहमा वित्तीय संस्थाहरुको उपस्थितीले कृषि पर्यटनको विकासका थप सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै बैकका नायव प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले बैंकले सामाजिक उत्तरदायित्वको क्षेत्रमा विशेष जोड दिएको जानकारी दिँदै गाउँ केन्द्रित सेवा सुविधा ल्याएको बताए ।

बैंकले पर्सा सहित चितवनमा मात्रै ४ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ । हाल देशभर ७० वटा शाखा कार्यालय पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL