Logo

नागबेली र विजया लघुवित्तले गरे बोनसको घोषणा, कस्तो कति ?

नागबेली र विजया लघुवित्तले गरे बोनसको घोषणा, कस्तो कति ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागवेली लघुवित्तीय विकास बैंकले आफ्ना सेयर धनीलाई ४५ दशमलव ६ प्रतिशत बोनस सेयर दिने भएको छ । नागबेलीको शुक्रबार बसेको संचालक समतिको बैंठकले उक्त निर्णय गरेको हो ।

यसैगरी कम्पनीले बोनस सेयरको लागि कर रकम बापत २ दशमलव ४ प्रतिशत नगद लाभांस समेत दिने भएको छ । उक्त बोनस सेयरको प्रस्ताव स्वीकृतिको लागि नागबेलीले नेपाल राष्ट्र बैंकका पठाउने भएको छ ।

यस्तै विजया लघुवित्त वित्तीय संस्थाले पनि आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस दिने भएको छ । जसमा १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस रहेको छ । विजयाको पनि शुक्रबार बसेको संचालक समितिले उक्त निर्णय गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL