Logo

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलियम पदार्थमा स्वचालित मूल्य शूरू

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलियम पदार्थमा स्वचालित मूल्य शूरू



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य कायम गर्दै केही पेट्रोलियम पदार्थको मूूल्य घटाएको छ । नेपाल आयल निगमले मंगलवारदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपियाँ ४४ पैसा एमव् डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २७ पैसा घटाएको हो । यससँगै अब बजारमा पेट्रोल प्रतिलिटर १ सय ३३ रुपियाँ ६ पैसामा एवम् डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५ रुपियाँ २३ पैसामा उपलब्ध हुने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । तर, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने कुनै फेरबदल भएको छैन ।

निगम सञ्चालक समितिको सोमवार वसेको वैठकले इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट सेप्टेम्बर १५ मा प्राप्त पेट्रोलियम पदार्थको मूल्यसूचिलाई आधार बनाई पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । निगमले सोमवारदेखि स्वचालित मूल्य अवलम्बन गरेको छ । यसअनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा नेपालमा पनि मूल्य घटबढ हुने छ । नेपालमा आईओसीले पठाउने मूल्यमा आधारित भएर प्रत्येक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य फेरबदल गरिने घिमिरेले बताए । तर, खाना पकाउने एलपी ग्यासमा भने तत्काल स्वचालित मूल्य लागु हुने छैन । ग्यासमा दोहोरो मूल्य कामय भएपछि मात्रै ग्यासको मूल्यलाई पनि स्वचालित बनाईने उनले जानकारी दिए ।

आईओसीबाट सेम्पटेम्बर १५ मा प्राप्त मूल्यसूचिअनुसार निगमलाई २८ लाख रुपियाँ घाटा हुने प्रक्ष्यपण गरिएको थियो । तर, अहिले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै घाटा २ करोड ७२ लाख पुग्ने देखिएको उनले बताए । उक्त मूल्यसूचिअनुसार निगमलाई ग्यासमा प्रतिसिलिण्डर ५ सय ५३ रुपियाँ ६ पैसा र डिजेलमा १ रुपियाँ ७ पैसा घाटा हुने देखिएको छ । त्यस्तै, पेट्रोलमा १३ रुपियाँ ३२ पैसा, बाह्य हवाई इन्धनमा प्रतिलिटर ४६ रुपियाँ ६३ पैसा, आन्तरिकतर्फ ३९ रुपियाँ ४१ पैसा र मट्टीतेलमा प्रतिलिटर १३ रुपिया ३२ पैसा नाफा रहेको छ ।

-बिजखबर

प्रतिक्रिया दिनुहोस्
MBL