Logo

घरजग्गा मेलामा १२० स्टल, बीमादेखि बैंकिङ सुविधासम्म उपलब्ध

घरजग्गा मेलामा १२० स्टल, बीमादेखि बैंकिङ सुविधासम्म उपलब्ध


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंमा हुने छौठौं घरजग्गा मेला यही चैत २५ गतेदेखि २८ गतेसम्म हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ, सहरी विकास तथा भवन निर्माण विभाग र काठमाडौं उपत्यका विकास प्राधिकरणको संयुक्त आयोजना हुने सो मेलामा पहिलो पटक हाउजिङ समिट हुने भएको छ । सो मेलाो राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यस पटकको मेलाले सर्वसाधारण सबैमा घरजग्गा ब्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपाय सहित भावी अवसरका विषयमा समुचित सूचना तथा जानकारी उपलब्ध गराउने भएको छ । मेलाले घरजग्गा ब्यवसायलाई समय साक्षेप विकास एवं विस्तार गर्न थप योगदान पुर्याउने आयोजकको अपेक्षा छ । मेलामा उपभोक्ताले नेपाली रियल स्टेट व्यवसायको यथार्थ तथा वास्तविक स्थिति, सही छनोट र समुचित मूल्यका बारेमा समेत जानकारी लिन सक्ने छन् ।

मेलामा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दा बढी स्टल रहनेछ । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा विक्रेता, ईन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरु सहभागी हुनेछन् । यसैगरी विद्युतीय सामान, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्टस्, सवारी साधन, सजिसजावटका सामान र बीमा, बैंकिङ्ग तथा वास्तुकला जस्ता ब्यवसायमा संलग्न ब्यवसायीहरुले आ–आफ्ना उत्पादनहरु प्रदर्शन गरी सो सम्बन्धी परामर्श सेवा समेत उपलब्ध गराउने आयोजकले जानकारी दिएको छ । मेलामा एक लाखभन्दा बढी दर्शकहरुले मेलाको अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL