Logo

सवै समुह उकालो लाग्दा ९ अंकले बढ्यो नेप्से, ३६ करोड ८८ लाखको कारोवार

सवै समुह उकालो लाग्दा ९ अंकले बढ्यो नेप्से, ३६ करोड ८८ लाखको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बुधवार नेप्से परिसुचक ९ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ३ सय ५६ दशमलव १३ अंकमा पुगेर बन्द भएको हो ।

बुधवार कारोवारमा आएका सवै समुह उकालो लाग्दा सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी ६२ दशमलव १५ अंकले बढेको छ । त्यस्तै वीमा समुह ३७ दशमलव १७, होटल १४ दशमलव ४ र सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बंकिङ समुह ७ दशमलव ६७ अंकले उकालो लागेको छ ।

त्यसैगरी अन्य,फाइनान्स,उत्पादन र विकास बैंक क्रमशः ६,५,३ र ० दशमलव ८८ अंकले उकालो लागेको छ । बुधवार नेपाल इन्भेष्टमेन्ट बैंकको ६ करोड ६१ लाख बराबरको प्रमोटर सेयर विक्री भएको छ ।

बुधवार १ सय २६ ओटा कम्पनी कारोवारमा आएका थिए । ती कम्पनीको ८ लाख ५५ हजार कित्ता सेयरबाट ३६ करोड ८८ लाखको कारोवार भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL