Logo

लगानीकर्तालाई अनलाइनबाटै सेयर खरिदविक्री गर्न दिन निर्देशन, घरबाटै विक्री आदेश

लगानीकर्तालाई अनलाइनबाटै सेयर खरिदविक्री गर्न दिन निर्देशन, घरबाटै विक्री आदेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई अनलाईनबाटै सेयर खरिदविक्री गर्न दिन निर्देशन दिएको छ । लगानीकर्ताहरुले धितोपत्रको खरिद बिक्रीआदेश दिदाँ ब्रोकर कम्पनीबाट सम्बन्धित लगानीकर्तालाई नो योर कस्टुमर (केवाईसी) फर्मको आधारमा युजर नेम र पासवर्ड उपलब्ध गराएर अनलाईनमार्फत खरिद विक्री आदेश दिन निर्देशन दिएको हो ।

बोर्डले लगानीकर्ताबाट इन्टरनेटमार्फत प्राप्त खरिदबिक्री आदेशलाई प्राथमिकताको आधारमा खरिदबिक्री प्रणालीमा राख्ने व्यवस्था मिलाउन समेत दिर्नेशन दिएको छ । साथै, लगानीकर्ताले धितोपत्र कारोवार सम्बन्धी विवरण समेत इन्टरनेट मार्फत पाउने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

नयाँ व्यवस्था लागू भएसँगै सेयर बिक्री गर्न ब्रोकर अफिसमा सम्बन्धित व्यक्ति उपस्थित हुनुपर्ने व्यवस्था हट्नुका धितोपत्रको कारोवार प्रक्रिया थप सहज, सरल र छिटो छरितो हुने बोर्डको विश्वास छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL