Logo

४ अंकले बढ्यो नेप्से, कसले किन्यो नेपाल बंगलादेश बैंकको ११ करोडको सेयर

४ अंकले बढ्यो नेप्से, कसले किन्यो नेपाल बंगलादेश बैंकको ११ करोडको सेयर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सोमवार नेप्से परिसुचक सामान्य उकालो लागेको छ । सो दिन नेप्से ४ अंकले बढ्दा सेयर बजार १ हजार ३ सय ५८ दशमलव ४१अंकमा पुगेर बन्द भएको छ ।

सोमवार होटल समुहको परिसुचक सवैभन्दा बढी ९ दशमलव ४४ अंकले बढेको छ । त्यस्तै जलविद्युत ६ दशमलव ७३, अन्य ५ दशमलव ७८ र बैंकिङ समुह ४ दशमलव ९९ अंकले उकालो लागेको छ ।

त्यस्तै विकास बैंक र उत्पादन समुह क्रमशः १ दशमलव ४८ र ० दशमलव ३२ अंकले बढेको छ । यता फाइनान्स र वीमा भो २ दशमलव १८ र ३ दशमलव ५२ अंकले ओरालो लागेको छ ।

सोमवार नेपाल बंगलादेश बैंकको सवैभन्दा बढी ११ करोड ५२ लाखको कारोवार भएको छ । सो दिन १ सय ४१ कम्पनीको १५ लाख कित्ता सेयर किनबेच भएको छ । जसबाट ७४ करोड ७३ लाखको कारोवार भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL