Logo

रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति, ७० लाख कित्ता सेयर बिक्री गर्ने

रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने अनुमति, ७० लाख कित्ता सेयर बिक्री गर्ने



काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। कम्पनीले हालको चुक्ता पुँजी ७० करोड रुपैयाँको आधारमा १स्१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागिएको हो।

बोर्डको स्वीकृतिपछि कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ७० लाख कित्ता सेयर जारी गर्नेछ। यस योजनाअन्तर्गत हालका सेयरधनीले बराबरी अनुपातमा हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्। यद्यपि, आवेदन खुल्ने मिति र बुक क्लोजको समय भने हाल तय गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्