Logo

दोहोरो अंकले बढ्यो सेयरबजार, १६ अर्ब ३२ करोडको कारोबार

दोहोरो अंकले बढ्यो सेयरबजार, १६ अर्ब ३२ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचकमा दोहोरो अंकको वृद्धि देखिएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम आधा घण्टामा उच्च उकालो लाग्दा आज दोहोरो अंकको वृद्धि देखिएको हो ।

आज कुल ३ सय ११ कम्पनीका ३ करोड ५६ लाख ४९ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १६ अर्ब ३२ करोड ७१ लाख माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ५३ कम्पनीको सेयरमूल्य उकालो लाग्दा ९६ कम्पनीको सेयरमूल्यमा गिरावट आएका छ ।

साेमबार सेयरमूल्य बढेकामध्ये ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै सेयरमुल्य घटेका कम्पनीहरुमध्ये पनि २ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको नेप्सेले जानकारी दिएको छ । आज सबै समुहको परिसुचकहरुमा हरियाली छाएको छ ।

प्रतिक्रिया दिनुहोस्