काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा बढाएको छ।
गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहकको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पुर्याइने जानकारी दिए।
त्यस्तै, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरिने र कर्जा नोक्सानी व्यवस्था पुनरवलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ।
अब तीन करोड रुपैयाँसम्मका कर्जालाई साना तथा मझौला कर्जाको सूचीमा राखिने व्यवस्था गरिएको छ।