Logo

सेयर बजारमा फर्कियो हरियाली, २२ अंकले बढेको बजारमा ७ अर्ब ४५ करोडको कारोबार

सेयर बजारमा फर्कियो हरियाली, २२ अंकले बढेको बजारमा ७ अर्ब ४५ करोडको कारोबार



काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । मंगलबार सामान्य अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आज २२.०४ अंकले बढ्दै २७ सय ५ को विन्दुमा उक्लेर रोकिएको हो ।
आज कुल ३ सय १६ कम्पनीका १ करोड ५८ लाख २२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ । आज कारोबारमा आएकामध्ये १ सय ९९ कम्पनीको सेयरमूल्य बढ्दा ४९ कम्पनीको सेयरमुल्यमा गिरावट आएका छ । आज वित्त र म्युचुअल फण्डबाहेकका सबै समुहको परिसुचक उकालो लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This