Logo

नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि स्टल बुकिङ बन्द, ४४ स्टलका लागि ४८ आवेदन

नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि स्टल बुकिङ बन्द, ४४ स्टलका लागि ४८ आवेदन



काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले नेपाल मोबिलिटी एक्स्पो २०८२ का लागि स्टल बुकिङ बन्द भएको घोषणा गरेको छ। भृकुटीमण्डप, काठमाडौंमा साउन २१ देखि २५ गतेसम्म हुने उक्त प्रदर्शनीका लागि कुल ४४ वटा स्टल उपलब्ध गराइएको थियो। तर, ४८ वटा स्टलका लागि आवेदन आएपछि आयोजकले सबैलाई समेट्न थप स्टलको व्यवस्था गर्नुपरेको संघकी अध्यक्ष ऋतु सिंह वैद्यले जानकारी दिइन्।

नाइमा नेपालमा अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा मञ्च हो, जसले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा नेपालको मुभिलिटी क्षेत्रको प्रतिनिधित्व, सहकार्य, विकास र नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ।

नेपाल मोबिलिटी एक्स्पो २०८२ ले अटोमोबाइल प्रदर्शनीमा नयाँ सोच प्रस्तुत गर्ने नाइमाको दावी छ । यो एक्स्पोले आगन्तुक र प्रदर्शक दुवैका लागि नयाँ अनुभव र थप मूल्य प्रदान गर्नेछ। यसले नेपालमा विकसित हुँदै गएको मुभिलिटी संस्कृतिको झलकसमेत दिनेछ।

उक्त प्रदर्शनीको व्यवस्थापन मिडिया स्पेस सोलुसन्स प्रालिले गर्नेछ, जुन प्रदर्शनी आयोजना तथा व्यवस्थापनको क्षेत्रमा अनुभवी संस्था हो।

उक्त एक्स्पोमा सहभागी हुने चारपांग्रे सवारीसाधन ब्रान्डहरूमा बिईवाईडी, सिट्रोएन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेन्री भल्ट्स, हुन्डाई, कायी, किया, लिपमोटर, एलइभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोदा एण्ड जैकू, प्युजो, प्रोटोन, रेनो, टोयोटा, भोक्सवागन र जीकर रहेका छन्।

दुईपांग्रे सवारीसाधन ब्रान्डहरूमा एम्पेयर, अथर, बजाज, बेनेली, सिएफ मोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल एनफिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रायम्फ, टिभिएस, अल्ट्राभायोलेट, याडेया र जिहो रहेका छन्। व्यवसायिक सवारीसाधन ब्रान्डहरूमा चेरी वान्डा, डोङफेङ, फ्यारिजोन, ह्वाजि, कामा, क्यारी, किङलोङ र सनलोङ सहभागी हुने छन्।

प्रतिक्रिया दिनुहोस्