Logo

नेप्सेको उकालो यात्रामा ब्रेक, २२ अंकले घट्दा ४ अर्ब ४४ करोडको कारोबार

नेप्सेको उकालो यात्रामा ब्रेक, २२ अंकले घट्दा ४ अर्ब ४४ करोडको कारोबार



काठमाडौं । गत साता लगातार उच्च अंकसहित उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक यो साताको पहिलो दिन नै उच्च अंकले घटेको छ । आईतबार कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा २२.१४ अंकले घट्दै २१ सय ९ को विन्दुमा झरेर बन्द भएको हो ।

laxmi

आज कारोबार अवधिभर ३ सय १५ कम्पनीका १ करोड १० लाख ४४ हजार बढि कित्ता सेयर ७० हजार बढीपटक किनबेच भएपछि कारोबार रकम ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँ नाघेको छ ।

आईतबार कारोबारमा आएका म्युचुअल फण्ड र होटल तथा पर्यटन समुहको परिसुचक उकालो लाग्दा अन्य सबै समुहको परिसुचकमा गिरावट आएको छ । यसरी आज जम्मा २९ कम्पनीको सेयरमूल्य उकालो लाग्दा २ सय १५ कम्पनीको सेयरमुल्य ओरालो लागेको हो ।

आज नेप्से उच्च अंकले घट्दा पनि कालिन्चोक दर्शन प्रालिको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL