Logo

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्ररमण खनाल नियुक्त



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । बैंक संचालक समितिको आज (बिहीबार) बसेको बैंठकले खनाललाई सीईओमा नियुक्त गरेको हो ।

laxmi

संचालक समितिको २६९० औं बैंठकले खनाललाई ४ वर्षको लागि सीईओमा नियुक्त गरेको हो । खनालले बैंकका तत्कालिन सीईओ किरणकुमार श्रेष्ठ कार्यकालका कारण बाहिरिएसँगै निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

करिव डेढ दशक अघि बैंकमा आठौं तहमा प्रवेश गरेका खनालले दुई वर्षदेखि डेपुटी सीईओको भुमिकामा रहँदै आएका थिए । क्षेत्रिय कार्यालयदेखि विभिन्न विभागको जिम्मेवारी सम्हालिसकेका खनाल अब्बल बैंकर मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL