Logo

असोज ५ गतेदेखि सामसुङ मोबाइल एक्स्पो, ५० प्रतिशतसम्म छुट

असोज ५ गतेदेखि सामसुङ मोबाइल एक्स्पो, ५० प्रतिशतसम्म छुट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुन्धारास्थित सिटिसी मलमा मोबाइल एक्स्पो आयोजना हुने भएको छ । सिटिसी मोवाइल बजारले गर्न लागेको सो मेला यही असोज ५ गतेदेखि हुने भएको छ । सो एक्स्पोको प्रवद्र्धनका लागि आयोजकले साइकल र्याली समेत निकालेको थियो ।

उक्त र्यालीमा २ सय ५० भन्दा बढि व्यवसायी तथा सर्वसाधारणले सहभागीता जनाएका थिए । बिहान ७ बजे सुन्धारास्थित सिटिसी मलबाट सुरु भएको साइकल र्याली त्रिपुरेश्वर, टेकु, कालीमाटी, बल्खु, किर्तिपुर, चोभार, भैँसेपाटी, नख्खु, जावलाखेल, कुमारीपाटी, लगनखेल, मंगलबजार, शंखमुल, तीनकुने, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगंज, नयाँ बसपार्क, ठमेल, दरबारमार्ग हुँदै पूनः सिटिसी मलमा आईपुगेर सम्पन्न भएको थियो । र्यालीमा सहभागीहरुले मोबाइल एक्स्पोको प्रचार सामग्रीले सजिएका टिसर्ट लगाएका थिए ।

ctc_mobile_expo

सामसुङले मुख्य प्रायोजन गरेको मोबाइल एक्स्पोे सिटिसी मलको भूइँतल्ला, तेस्रो, चौथो र पाँचौ तल्लामा हुने छ । मोबाइल एक्स्पोको पावर्ड बाइमा कलर्स र जियोनी मोबाइल रहेका छन् । यसैगरि मुख्य प्रायोजनमा माइक्रोम्याक्स मोबाइल, लाभा र एमआई मोबाइल रहेका छन् । यसैगरि सह प्रायोजकमा वन प्लस वन, इन्टेक्स,एपेक्स डिजिटल, सिजी, रेज, केन्ट, स्पाइस मोबाइल र ओबिआई मोबाइल रहेका छन् ।

धेरै भन्दा धेरै मोबाइल कम्पनीहरुको साथ पाएको मोबाइल एक्सपोको प्रायोजकमा सेल्कन मोबाइल, सिटिभी मोबाइल र सिटिसी मल रहेका छन् । एक्सपोलाई हुवावे मोबाइलले सपोर्टरका रुपमा सघाएको छ ।

८ सय देखि १ लाख ५० हजार रुपैयाँ सम्मका मोबाइल कारोबार गरिने एक्स्पोमा ब्राण्डेड मोबाइल र एशेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध हुनेछ । त्यसका अलवा केहि कम्पनीमार्फत मोबाइलको खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

मोबाइल एक्स्पोमा आधुनिक प्रबिधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्री बितरण गरिने छ । धेरै भन्दा धेरै उपहार अफर, लक्की ड्र, तथा सुपथ मुल्यमा मोबाइलको कारोबार गर्ने लक्ष्य लिएको सामसुङ मोबाइल एक्सपोमा ३ लाख भन्दा बढी अवलोकनकर्ता आउने बिश्वास आयोजकले लिएको छ । एक्स्पोका अवलोकन कर्ताहरुमध्ये एक जनालाई लक्की ड्र मार्फत मोटरसाइकल समेत प्रदान गरिने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL