Logo

रोकिएन नेप्सेको ओरालो यात्रा, १६ अंकले घट्दा कारोबार रकम २ अर्ब ८० करोडमा सीमित

रोकिएन नेप्सेको ओरालो यात्रा, १६ अंकले घट्दा कारोबार रकम २ अर्ब ८० करोडमा सीमित



काठमाडौं । साताको पहिलो दिन आईतबार घटेको सेयर बजारले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार कारोबार समयको सुरुवातिदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक अन्तिम समयमा दोहोरो अंकले घटेर बन्द भएको हो । सोमबार नेप्से परिसुचक १६.८२ अंकले घट्दै २००६ को विन्दुमा ओर्लेर रोकिएको छ ।

laxmi

यससँगै आज बजारमा कारोबारमा आएका कुल ३ सय १४ कम्पनीका ७२ लाख २३ हजार ७ सय ७३ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम पनि २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लाग्दा कारोबारमा आएका १ सय ८४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । यस्तै आज जम्मा ५२ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL