Logo

चेम्बर अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित, वरिष्ठ उपाध्यक्षमा दीपक मलहोत्रा, यस्तो छ नयाँ कार्यसमिति

चेम्बर अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित, वरिष्ठ उपाध्यक्षमा दीपक मलहोत्रा, यस्तो छ नयाँ कार्यसमिति



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको अध्यक्षमा कमलेशकुमार अग्रवाल निर्वाचित भएका छन् । चेम्बरको विधान अनुसार चेम्बरको ७३ औं साधारणसभाबाट निर्वाचित कार्यसमितिले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो । अग्रवाल यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए ।

laxmi

यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपक मलहोत्रा निर्वाचित भएका छन् भने उपाध्यक्षहरुमा वाणिज्यतर्फ उर्मिला श्रेष्ठ, उद्योगतर्फ दीपक श्रेष्ठ, जिल्लानगरतर्फ सन्तोषकुमार पाण्डे, वस्तुगततर्फ सुरेन्द्रकुमार श्रेष्ठ, संस्थागत द्विराष्ट्रियबाट निलकण्ठ चौलागाईँ र मानार्थ उपाध्यक्षमा अर्जुनप्रसाद शर्मा निर्वाचित भएका छन् ।

यसैगरी प्रदेश अध्यक्षहरुमा कोशीबाट सुरेशमान श्रेष्ठ, मधेशबाट अमरनाथ गुप्ता, बागमतीबाट सिद्धिलाल श्रेष्ठ, गण्डकीबाट किसान सुनार, लुम्बिनीबाट टंकप्रसाद पोखरेल, कर्णालीबाट लक्ष्मण न्यौपाने र सुदुरपश्चिमबाट विनोद मल्ल सर्वसम्मत रुपमा चयन भएका छन् ।

यसैगरी चेम्बर नयाँ कार्यसमितिले सदस्यहरुमा लीमा अधिकारी, नयन बहादूर खत्री र सुशान कर्माचार्यलाई सदस्यमा मनोनित गरेका छन् ।

चेम्बरको विधान अनुसार विभिन्न क्षेत्र अन्तरगत निम्नअनुसार सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL