Logo

सेयर बजारको ओरालो यात्रा कायमै, दुई कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट

सेयर बजारको ओरालो यात्रा कायमै, दुई कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट



काठमाडौं । सत्ता समिकरण परिवर्तन भएसँगै ओरालो लागेको सेयर बजारले यो हप्ताको पहिलो कारोबारमा पनि ओरालो यात्रा कायमै राखेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार साेमबार बजार १७.०१ अंकले घट्दै २०३१ को विन्दुमा झरेर बन्द भएको हाे ।

laxmi

आज बजारमा कारोबारमा आएका ३ सय ४ कम्पनीमध्ये २ सय ४ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ३७ कम्पनीको सेयरमूल्य मात्रै उकालो लागेको छ । नेप्सेका अनुसार आज कारोबार अवधिभर ७० लाख ६१ हजार बढि कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख रुपैयाँ माथि पुगेको छ ।

आज बोटलर्स नेपाल र सर्वाेत्तम सिमेन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेपनि किसान लघुवित्त वित्तीय संस्था र बुद्धभूमी नेपाल जलविद्युत आयोजनाको सेयरमुल्यमा नकारात्मक सर्किट लागेको छ । आज गोर्खा फाइनान्सको सबैभन्दा बढी २८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा सिभम सिमेन्टको १३ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL