Logo

एमसीडोडोका दुई इयरबर्ड नेपालमा सार्वजनिक, यस्तो छ मूल्य

एमसीडोडोका दुई इयरबर्ड नेपालमा सार्वजनिक, यस्तो छ मूल्य



काठमाडौं । एमसीडोडोले नेपालमा दुईवटा इयरबर्ड सार्वजनिक गरेको छ । कम्पनीले एचपी ३३०० र एचपी ३२९० इयरबड नेपालमा सार्वजनिक गरेको छ । विश्वव्यापी रुपमा आईफोनका लागि एक्सेसरिजहरु बनाउँदै आएको ब्राण्ड एमसीडोडोले यो दुवै इयरबर्ड आइफोन प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्ने जनाएको छ ।

laxmi

कम्पनीका अनुसार एचपी ३३०० इयरबर्डमा एएनसी नोइज क्यानसिलेशन रहेको छ भने यसमा भएको एलसीडी डिस्प्लेले ब्याट्रीको लेबल देखाउँछ । भर्सन ५.३ मा उपलब्ध यस इयरबर्डमा इन्टिलिजेन्ट टच, डुअल कल लगायतका विशेषताहरु उपलब्ध छन् । एचपी ३३०० मा लामो समयसम्म टिम्ने ब्याट्री रहेको छ भने यसको चार्जिङ्ग केस ३०० एमएएचको छ ।

यसले टाइप–सी चार्जिङ्ग समर्थन गर्दछ । निकै आकर्षक कालो रंगमा उपलब्ध यस इयरबर्डको मुल्य ४ हजार ८८० रुपैयाँ रहेको छ । त्यस्तै अर्को नयाँ इयरबर्ड एचपी ३२९० एक टीडब्लुएस इयरफोन हो जसमा डिजिटल डिस्प्ले रहेको छ ।

यसमा ३० एमएएच को ब्याट्री क्षमता रहेको छ भने चार्जिङ्ग केस ३०० एमएएचको रहेको छ । एचपी ३२९० मा ६ घण्टाको प्लेटाइम रहेको छ भने यो ब्लुटुथ ५.३ भर्सनमा सञ्चालित छ । प्रयोगकर्ताहरुले मात्र ३ हजार ७८५ रुपैयाँमा एचपी ३२९० इयरबर्ड ब्ल्याक कलर अप्सनमा उपलब्ध रहेको छ । इयरबर्डहरु देशभरका रिटेल स्टोरहरु तथा दराज एप मार्फत अनलाइन पनि खरिद गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL