Logo

टिसीएलले ल्यायो ३ मोडलका साउन्डबार, घरमा थिएटरजस्तो वातावरण महसुस गराउने कम्पनीको दाबी

टिसीएलले ल्यायो ३ मोडलका साउन्डबार, घरमा थिएटरजस्तो वातावरण महसुस गराउने कम्पनीको दाबी



काठमाडौँ । घरेलु मनोरञ्जनमा अग्रणी ब्रान्ड टिसीएलले अडिओ क्वालिटीलाई अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ। टिसीएलका साउन्डबारहरूले मनपर्ने चलचित्रहरू, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

laxmi

वायरलेस सबवूफरले राम्रो क्वालिटीको बेस थप्छ भने घरको आराममा थिएटर जस्तो वातावरण महसुस गराउने कम्पनीको दाबी छ । ‘जताततै अल्झिने तारहरुलाई हटाई टिसीएल साउन्डबारहरूले ब्लुटुथ मार्फत वायरलेस काम गर्दछ।’

टिसीएलका एस६४३डब्लु , एस५२२डब्लु र एस३३२डब्लु गरि ३ मोडलका साउन्डबारहरु नेपाली बजारमा उपलब्ध छन्। ‘अब सहजरूपमा आफ्ना हरेक डिभाइससँग टिसीएलका साउन्डबार जोडी कुनै झन्झटबिना आफ्नो मनपर्ने धुनहरूको आनन्द लिन मिल्नेछ, कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL