Logo

लुयान इलेक्ट्रिक स्कुटरले संचालनमा ल्यायो नयाँ सर्भिस सेन्टर, उपत्यकामा मात्रै ७ पुगे

लुयान इलेक्ट्रिक स्कुटरले संचालनमा ल्यायो नयाँ सर्भिस सेन्टर, उपत्यकामा मात्रै ७ पुगे



काठमाडौं । लुयान ब्राण्डको इलेक्ट्रिक स्कुटरको सर्भिस सेन्टर काठमाण्डौं, भक्तपुर र ललितपुर गरी ७ ठाउँमा सँचालनमा आएको छ ।

laxmi

चीनमा करिब २७ बर्ष पहिले लुयान ब्राण्डले इलेक्ट्रिक स्कुटर उत्पादन शुरु गरेको थियो । नेपालमा जीरो इमिसन राइड एनले लुयानको स्कुटर बेच्न थालेको ५ बर्षपछि ७ स्थानमा सर्भिस सेन्टर संचालनमा ल्याईएको हो ।

यो समयअवधिमा नेपालमा लुयानले सयौं इलेक्ट्रिक स्कुटरहरु बेचिसकेको छ । जसका लागि आवश्यक स्पेयर पार्ट्स सँगसँगै सर्भिस सेन्टरको पनि राम्रो व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ ।

काठमाण्डौं उपत्यका बाहेकका अन्य प्रमुख शहरहरुमा पनि लुयानको सर्भिस सेन्टर सहितका शोरुमहरु सँचालनमा रहेको कम्पनीले जानकारी दिएको छ ।

सवारीसाधनमा बिक्रिपछिको सेवा महत्वपुर्ण हुने हुनाले यस्तो व्यवस्था मिलाइएको जीरो इमिसनका निर्देशक दुर्वास नगरकोटीले बताएका छन् । उनका अनुसार काठमाण्डौं उपत्यकाका ७ वटै सर्भिस सेन्टर मध्ये ग्राहकहरुले आफुलाई पायक पर्ने सर्भिस सेन्टरबाट स्कुटरको सर्भिस तथा मर्मतको सेवा लिन सक्नेछन् ।

निर्देशक नगरकोटीका अनुसार ती सात वटै सर्भिस सेन्टरमा चार्जिङ सुविधा पनि रहेकाले आवश्यक परेको खण्डमा ग्राहकहरुले आफ्ना स्कुटरहरु चार्ज समेत गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL