Logo

मौद्रिक नीतिको समीक्षाले जगाएन लगानीकर्तामा उत्साह, सेयर बजारमा साढे ३० अंकको पहिरो

मौद्रिक नीतिको समीक्षाले जगाएन लगानीकर्तामा उत्साह, सेयर बजारमा साढे ३० अंकको पहिरो



काठमाडौं । चालु आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाले राहत पुग्ने आशामा बसेका सेयर लगानीकर्तामा निराशा छाएको छ । सोमबार वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाउँदा एकाएक उकालो लागेको नेप्से मौद्रिक नीतिको समीक्षाको भोलिपल्ट उच्च अंकले घटेको हो ।

laxmi

मंगलबार कारोबार समयको सुरुवातिदेखि लगातार ओरालो लागेको नेप्से अन्तिम समयमा ३०.५६ अंकले घट्दै २०७० को विन्दुमा झरेर रोकिएको हो । आज ३ सय ५ कम्पनीका १ करोड २१ लाख ३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने सोमबारको तुलनामा बढ्दै ४ अर्ब ६४ करोड २ लाख माथि पुगेको छ ।

आज कारोबारमा आएका सबै समुहको परिसुचक ओरालो लागेको नेप्सेले जानकारी दिएको छ । नेप्सेका अनुसार आज सबैभन्दा बढी गिरावट भने निर्जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । यसदिन निर्जीवन बीमा समुहको परिसुचक १ सय ९७ अंकले घट्दा जीवन बीमा समुहको परिसुचक भने १८७ अंकले घट्न पुगेको छ ।

यस्तै आज जलविद्युत, बैंकिङ, विकास बैंक, म्युचुअल फण्ड, व्यापार, उत्पादनमुलकलगायत सबै समुहको परिसुचक ओरालो लागेको हो ।

आज बजार उच्च अंकले घटेपनि ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL