Logo

बीवाईडीद्वारा ११ डीसी फास्ट चार्जर स्थापना, कुन स्थानमा छन् यसरी हेर्न सकिन्छ

बीवाईडीद्वारा ११ डीसी फास्ट चार्जर स्थापना, कुन स्थानमा छन् यसरी हेर्न सकिन्छ



काठमाडौं बीवाईडीको आधिकारिक विक्रेता साईमेक्स इंकले नेपालका प्रमुख ११ स्थानमा फास्ट चार्चर जडान गरेको छ । कम्पनीले पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा उक्त ११ ओटा डीसी फास्ट चार्जर जडान गरेको हो ।

laxmi

यी चार्जर हरु ध्ये, १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छन भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जर क्षमताको भएको कमपनीले जानकारी दिएको छ ।

यस्तै कम्पनीले पहिले नै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो । यी चर्जिङ पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाइ अझै स्पष्ट पारेको छ ।

चर्जिङ्ग स्थानहरु ठ्याक्कै कहाँ छन्? र, तिनको सम्पर्क नम्वरका लागि कम्पनीकोे अधिकारिक वेबसाइट मा गएर हेर्न सकिनेछ ।

बिद्ध्युतीय साधन चार्जिङ स्टेसनको बढ्दो मागको सम्बोधन गर्दै, साईमेक्सले चार्जिङ नेटवर्कहरुको थप विकास र विस्तार गर्ने योजना राखेको छ । साथै, डिसेम्बर २०२३ को अन्त्य सम्ममा थप १८ डीसी फास्ट चार्जरहरु पनि संचालनमा ल्याइने कम्नपीले जानकारी दिएको छ ।

बीवाईडी अट्टो ३ का लागि ८८ किलोवाट सम्मको डीसी फास्ट चार्जिङको प्रयोग गर्न सकिन्छ भने बीवाईडी डल्फिनमा ६० किलोवाटसम्मको चार्ज दिन सकिन्छ । यसले ३० देखि ४५ मिनेटमा बीवाईडी बिद्ध्युतिय साधनहरुलाइ ८० प्रतिशसम्म चार्ज गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL