Logo

यति एयरमा एसियन लाईफको प्रवेशसँगै व्यवस्थापनमा परिवर्तन, सुवास सापकोटा बने नयाँ सीईओ

यति एयरमा एसियन लाईफको प्रवेशसँगै व्यवस्थापनमा परिवर्तन, सुवास सापकोटा बने नयाँ सीईओ



काठमाडौं । यति एयरलाइन्समा नयाँ साझेदार भित्रिएसँगै व्यवस्थापन समेत परिवर्तन भएको छ । एसियन लाईफल इन्स्योरेन्स कम्पनीले यति एयरको ४९ प्रतिशत सेयर स्वामित्व लिएर प्रवेश गरेसँगै मुख्य व्यवस्थापन परिवर्तन भएको हो ।
हाल एसियन लाईफले यति एयरको ४५ देखि ४९.९ प्रतिशतसम्म सेयर स्वामित्व ग्रहण गर्ने पक्कापक्की भएसँगै सोमबारबाटै कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा सुवास सापकोटालाई नियुक्ति गरिएको छ । सापकोटा यसअघि इसेवाका सीईओ थिए ।

laxmi

नेपाल बीमा प्राधिकरणले एसियन लाईफ इन्स्योरेन्सलाई यति एयरलाइन्सको सेयर खरिद गर्न असोज दोस्रो हप्ता अनुमति दिएको थियो । यति एयरले आफ्नो सेवालाई थप मजबुद बनाउन एसियन लाईफलाई साझेदारको रुपमा भित्र्याउने निर्णय गरेको थियो । सोही अनुरुप प्राधिकरणले एसियनलाई प्रतिकित्ता १७० रुपैयाँसम्ममा ५० प्रतिशतभन्दा कम सेयर खरिद गर्न अनुमति दिएको थियो ।

जसअनुसार एसियन लाइफ इन्स्योरेन्सले यति एयरमा १ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने छ । यतिमा एसियन लाईफ भित्रिएसँगै कम्पनीले सर्वसाधारणका लागि समेत सेयर जारी गर्ने भएको छ । कम्पनीमा बाह्य साझेदार भित्र्याएर आईपीओ जारी गर्ने उद्देश्य अनुरुप कम्पनीले तीन महिना अघि मात्र यति एयर प्रालिबाट लिमिटेड कम्पनीमा रूपान्तरण गरेको थियो ।

२५ वर्ष पुरानो घरेलु हवाई उडान सेवा कम्पनी यति एयरसँग हाल पाँचवटा एटिआर ७२ विमान छन् । यतिले भगिनी संस्था तारा एयरमार्फत पनि छोटो दूरीको हवाई उडान सेवा प्रदान गर्दै आएको छ । गत वर्ष यसले १० लाख लाख यात्रुलाई हवाई उडान सेवा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL