Logo

शुक्रबारदेखि हुन्डाई फेस्टिभ कार्निभल, प्रतियोगितामा भाग लिएर उपहार जित्ने मौका

शुक्रबारदेखि हुन्डाई फेस्टिभ कार्निभल, प्रतियोगितामा भाग लिएर उपहार जित्ने मौका



काठमाडौं । हुन्डाई नेपालले चाडपर्वलाई लक्षित गरेर हुन्डाई फेस्टिभ कार्निभल शुक्रबारदेखि सुरु गर्ने भएको छ। कम्पनीले हुन्डाई फेस्टिभ डिलाइट अन्तर्गत हुने यो कार्निभल देशभर रहेका हुन्डाईका शोरुमहरुमा हुने कम्पनीले जानकारी दिएको छ ।

laxmi

कार्निभलमा लाईभ फूड स्टल, सांगितिक कार्यक्रम, बच्चा खेल्ने ठाउँ, निशुल्क गाडीको परीक्षण, गाडी सम्वन्धि टिप्स एण्ड ट्रिक, गाडीको मूल्यांकन तथा एक्सचेन्ज सुविधा र विद्युतीय गाडी सम्वन्धि विशेष जानकारी हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कार्निभलमा टिकटक कन्टेस्ट, एक्सटर ट्रेजर हन्ट, टेष्ट ड्राइभ एण्ड विन र महिलालाई लक्षित गर्दै ह्विल्स अन हिल्स कार्यक्रम हुनेछ। यो प्रतियोगितामा सहभागी हुनेले विश्व प्रसिद्ध ब्राण्ड बोस्च र वर्लपुलको वासिङ मेसिन, माइक्रोवेभ, ओभन र मिक्सर ग्राइन्डर पाउने कम्पनीले जनायो।

प्रतिक्रिया दिनुहोस्
MBL