Logo

Global_Ime

पब्लिक प्रेसर पछि नयाँ ब्रोकर खुलाउन मंगलबार अर्थ समिति बैठक बस्दै, नयाँ ब्रोकरले दिए १ हप्ते अल्टिमेटम

पब्लिक प्रेसर पछि नयाँ ब्रोकर खुलाउन मंगलबार अर्थ समिति बैठक बस्दै, नयाँ ब्रोकरले दिए १ हप्ते अल्टिमेटम



काठमाडौं । नयाँ ब्रोकर तथा लगानीकर्ताको दबाबपछि अर्थ समितिले आगामी मंगलबार बैंठक राखेर नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया खुला गर्ने भएको छ । संचार माध्यम र सामाजिक संजालमार्फत नयाँ ब्रोकर लाईसेन्स वितरण प्रक्रिया नरोक्न उच्च दबाब आएपछि समितिले रोक्ने निर्णय गरेको १ हप्ता वित्न नपाउँदै खुला गर्नको लागि बैठक राख्न लागेको हो ।

Laxmi_sunrise

आज सिंहदरबारको अर्थ समितिको कार्यालयमा नयाँ स्टक ब्रोकर एसोसिएसनकातर्फबाट ज्ञापनपत्र बुझ्दै समितिका सभापति सन्तोष चालिसेले आगामी मंगलबार बैंठक बसेर नयाँ लाईसेन्स वितरण प्रक्रिया खुला गरिने जानकारी दिएका हुन् । भेटमा चालिसेले केही माननीयहरुको दबाबमा तत्काललाई ब्रोकर लाईसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गरिएपनि त्यसलाई तत्कालै समाधान दिने बताए । ‘मैले समितिका छलफल गरेर अब आउने मंगलबार यहिँ सम्बन्धमा बैंठक बोलाएको छु,’ उक्त भेटमा भने, ‘सोही बैंठकले नयाँ ब्रोकर लाईसेन्स वितरणका लागि बाटो खुला गरिदिनेछ ।’

नयाँ स्टक ब्रोकर एसोसिएनका तर्फबाट संयोजक सागर ढकाललको नेतृत्वमा पुगेको टोलीले सभापति चालिसेलाई भेटी अबको एक हप्ताभित्र नयाँ बैंठक बसेर नयाँ लाईसेन्स प्रक्रिया खुला गराउन समेत अल्टिमेटम दिएको छ । ‘सम्मानित सर्वोच्च अदालतले समेत नयाँ लाईसेन्स वितरण प्रक्रिाय अघि बढाउन कानुनी बाटो खुला गरिदिएको अवस्थामा कुन आधारमा अर्थ समितिले रोक्ने निर्णय गर्यो,’ उक्त भेटमा ढकालले भने, ‘सिमित समुहको स्वार्थ पूर्ति गर्नका लागि समितिले जुन काम गर्यो त्यो एकदमै गैर जिम्मेवार र गैरकानूनी छ ।’

यसैगरी ढकाल नेतृत्वको टोलीले आजै अर्थ समितिका अर्का सांसद पदम गिरीलाई पनि भेटेको थियो । उक्त घटनामा गिरीकै बढी संलग्नता भएको भन्ने आरोप लागेपछि नयाँ स्टक ब्रोकर एसोसिएसनको टोलीले सांसद गिरीलाई पनि भेटेर ध्यानाकर्षण गराएको थियो । भेटमा सांसद गिरीले आफु सिन्डिकेट पक्षधर नभएको भन्दै तत्कालै नयाँ लाईसेन्स वितरण प्रक्रिया अघि बढाउन सहजिकरण गरिदिने बताएका थिए । यस्तै एसोसिएसले यसअघि अर्थ समितिमै पनि सो नयाँ ब्रोकर लाईसेन्स वितरण प्रक्रिाय रोकेर कार्टेलिङ गर्न खोजेको भन्दै ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL