Logo

काठमाडौंबाट बाहिरिने सबै सार्वजनिक सवारीको टिकट गोंगबुबाट, अन्य स्थानका काउन्टर हटाउन थालियो

काठमाडौंबाट बाहिरिने सबै सार्वजनिक सवारीको टिकट गोंगबुबाट, अन्य स्थानका काउन्टर हटाउन थालियो



काठमाडौं । काठमाडौंबाट बाहिरिने सबैजसो सार्वजनिक सवारीसाधनहरु आजैदेखि गोंगबु बसपार्कबाट छुट्न सुरु गरेका छन् । यसअघि काठमाडौं महानगरपालिकाले सडकबाट यात्रु उठाउँदा सवारी व्यवस्थापन भद्रगोल भएको भन्दै असार १ देखि गोंगबुबाट मात्रै छुटाउन निर्देशन दिएको थियो । सोही अनुसार बालाजु, कोटेश्वर, कलंकी, माछापोखरीलगायतबाट छुट्ने काठमाडौं बाहिर जाने सार्वजनिक सवारीसाधनहरु गोंगबुमा जम्मा भएका छन् ।

laxmi

यस्तै अबदेखि हरेक क्षेत्रमा जाने सार्वजनिक सवारीसाधनको टिकट पनि गोंगवु बसपार्कबाटै काट्नुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आजैदेखि बसपार्क बाहिर रहेका टिकट काउन्टरहरु हटाउन पनि सुरु गरिसकेको छ । आज बिहान बालाजु बसपार्क क्षेत्र वरपरका टिकट काउन्टर हटाएर काठमाडौं महानगरपालिकाले बसपार्क बाहिरका टिकट काउन्टर हटाउन सुरु गरेको हो ।

टिकट काउन्टरहरु हटाउन नगर प्रहरीहरुसँगै सुरक्षाका लागि नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको छ । नगर प्रहरीहरुले टिकट काउन्टरका बोर्ड हटाउने काम जारी राखेका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाको यस्तो निर्णणविरुद्ध यातायात व्यवसायीले आन्दोलन गर्ने बताएका थिए । तर, सम्बन्धित सरोकारवालाहरु र काठमाडौं महानगरपालिकाबीच बिहीबार भएको छलफलमा उक्त सहमति जुटेपछि महानगरपालिकाले बाहिरका टिकट काउन्टर हटाउन सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL